दैलेखमा यतीवेला अरुलाई सचेत पार्ने जिम्मा लिएका पत्रकारहरुको दोहोरीले जिल्लाका कार्यालय प्रमुख, नागरिक समाज, देखी जिल्लावासिहरुनै अचम्ममा परेका छन् । राजनीति सवैले गरेका छन् । सम्पन्न संविधान सभाको चुनावमा समेत सवैले राजनीति गरे । कोही पार्टी प्रवेश गरे । कसैले टिकट नपाएको झोकमा पार्टीको नियम विपरित गरेको भन्दै कार्वाही भए यस्ता कुराहरु मानव जीवनमा भैरहने कुरा हुन् । किनकी राजनीति र उसले गर्ने व्यवहार धेरै भिन्न बिषय हो ।
दैलेखमा वेला बेलामा पत्रकारहरु माँझ देखिने क्यान्सर यसपालि फेरी बल्झिएको छ । आफ्नो जुम्रो ठान्ने र अरुको भैसी ठान्ने प्रवृती र आचरण सँगै बाहिरको राजनीति गन्धका कारण पत्रकारहरुमा समेत बेला बेलामा यो रोग बल्झने गर्दछ ।
एउटा पत्रकार केवल लेखेर मात्र उसले गुजारा चलाउन सक्ने क्षेमता छैन भन्ने सवैलाई थाहा छ । आफ्नो बैकल्पीक अन्य व्यवस्था नभएसम्म जिल्लामा व्यवसायिक पत्रकारितामा टिक्न निकै मुस्किल छ यो कुरा किने बिर्सेका छन् सवैले । त्यसैमा पनि राजनीतिक संक्रिण सोचका कारण आफ्नो जिम्मेवारी र हैसियतलाई समेत बिर्शेर पुर्वाग्राहि रुपमा लगाईने आरोपहरुले पक्कै पनि जिल्लाको लागि राम्रो हुँदैन् यो सवैलाई थाहा भएको कुरा हो ।
विगतजस्तो छैन दैलेखको पत्रकारिता अहिले धेरै पढेकाहरु, पत्रकारितामै बिए र एमए गरेकाहरु समेत यो क्षेत्रमा लागेका छन् । व्यवसायिक पत्रकारितामा लागेकाहरुलाई समेत बेला बेलामा उठ्ने दोहोरिले सताएको छ । महासंघको चुनाव नजिकिदै गर्दा कोहीले यूनियन छोडेर गयो भन्दैमा यूनियनकाले त्यसलाई खेदो गर्ने, केही दिनभित्र चौतारिका जिम्मेवार हरुले चौतारी छोडेर यूनियनमा जाने निश्चित प्राय भएको छ त्यसलाई चौतारीले खेदो गर्ने, अनि कोही क्रान्तिकारी होला त्यसलाई अर्कोले खेदो गर्ने यस्तो गतल प्रवृधीको अन्त्य गरौं एउटा औला अरुलाई तेर्साउँदा चारवटा आफुतिर फर्केका हुन्छन् भन्ने कुरालाई ख्याल गर्दै अनाहकमै अरुलाई आरोप लगाएपछि आफुतिर पनि अरोप आउँछ भन्ने बिषयतर्फ सोच गरेर अगाडी बढ्दा राम्रो हुने देखिन्छ ।
चारतिर मुख फर्काउनु भन्दा भएका कमि कम जोरीहरुलाई टेबुलमा बसेर समाधान खोज्ने प्रयास गरौं बाँदरे प्रवृधि नगरौं । आफुले नराम्रो गरेको छु भन्दैमा सवैलाई चोर देख्ने प्रवृतीको पनि अन्त्य गरौं ।





